Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२६ चैत। इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स नापोलीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ ।
बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलले गोल गरेपछि युभेन्ट्सले नापोलीलाई २(१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो । ७३ औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
इन्जुरी टाइममा नापोलीका लागि इनसिग्ने लोरेन्जोले पेनाल्टीमा एक गोल फर्काए ।
जितपछि २९ खेलबाट ५९ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टरभन्दा १२ अंकले पछि छ । २९ खेलबाट ५८ अंक रहेको एटलान्टा चौथो स्थानमा झरेको छ । समान खेलबाट ५६ अंकसहित नापोली पाँचौ स्थानमै छ ।
शीर्ष स्थानको इन्टरले ससुलोलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानको एसी मिलानमाथि ११ अंकको अग्रता बनाएको छ ।
इन्टरको जितमा रोमेलु लुकाकुले १०औं र लाउटरो मार्टिनेजले ६७औं मिनेटमा गोल गरे । सुसुलोका हामेदले ट्राओरले ८५औ मिनेटमा एक गोल फर्काए ।
जितपछि इन्टरले २९ खेलमा ७१ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय