Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२५ चैत । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग ९एनएसएल०का लागि विराटनगर सिटी एफसीले भारतीय प्रशिक्षक यान ललाई प्रशिक्षक बनाएको छ । विराटनगरले यानलाई प्रशिक्षक नियुक्त गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।
यसअघि विराटनगर सिटी एफसीका प्रमुख कार्यकारी अधिकृत सुबासिस कोइरालाले यानसँग कुरा भइरहेको र उनी नेपाल आएपछि अन्तिम निर्णय हुने बताएका थिए । यान राम्रो प्रशिक्षक रहेको समेत कोइरालाले बताएका थिए ।
उनी एएफसी ए लाइसेन्स लिने सबैभन्दा युवा प्रशिक्षक रहेको विराटनगरले जनाएको छ । भारतको आई लिगमा विभिन्न क्लब हेरिसकेका उनी युवा उमेरमै अनुभवी प्रशिक्षक बनिसकेका छन् । केही दिनअघि सम्पन्न आई लिगमा उनले एजवाल एफसीको प्रशिक्षकको रुपमा काम गरेका थिए । सोही क्लबा नेपालका अभिषेक रिजालले समेत खेलेका थिए ।
यस्तै उनले गएको सिजन अभिषेक नै खेलको मोहम्मदन स्पोर्टिङलाई आई लिग क्वालिफायर्स जिताउँदै आई लिगमा छनोट गराएका थिए ।
२८ वर्षीय यानले यसअघि आई लिगमै मिनेर्भा पञ्जावको प्रशिक्षको रुपमा काम गरेका थिए, जहाँ नेपालका किरण चेम्जोङले पनि खेलेका थिए ।
बिराटनगर सिटी एफसी एनएसएलमा विदेशी प्रशिक्षक भित्र्याउने दोस्रो क्लब हुनेछ । यसअघि धनगढी एफसीले नाइजेरियाका फुजा तोपेलाई अनुबन्ध गरिसकेका छ । फुजाले नेपालमा मनाङ मर्स्याङ्दी क्लबलाई प्रशिक्षण गराइसकेका छन् ।
विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टिमका डिफेण्डर रन्जित धिमाल रहेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संस्करणको एनएसएल बैशाख ११ देखि २१ गतेसम्म हुनेछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा देशभरका सात वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसका खेलाडीको अक्सनसमेत भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय