Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२५ चैत्र । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब लिभरपुलमाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोलीले लिभरपुलमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।
रियल मड्रिडको जितमा भिनिसियस जुनियरले दोहोरो गोल गरे। खेलको २७ औं मिनेटमा टोनी क्रुसको पास जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यस्तै ३६ औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दा पहिलो हाफमा रियल मड्रिड दुई गोलले अघि रह्यो।
दोस्रो हाफमा लिभरपुलका मोहम्मद सलाहले गोल फर्काए। उनले खेलको ५१ औं मिनेटमा गोल गर्दै टीमलाई खेलमा फर्काउन चाहे पनि त्यो पर्याप्त बन्न सकेन। उता रियलका लागि भिनिसियस जुनियरले नै ६५ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल थपे। र, क्वाटरफाइनलमा पहिलो लेगको खेलमा रियल ३-१ ले अघि रह्यो। रियल र लिभरपुलबीचको दोस्रो लेगको खेल अप्रिल १५ मा लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय