Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

सर्लाही, २८ भदौ । जिल्लाको वागमती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण सुरु गरेको छ ।

नगरको आयआर्जनका रूपमा विकास गर्न सके यस नगर बगैँचाले बेरोजगार सयौं नागरिकलाई रोजगारी सिर्जना गर्ने नगरप्रमुख भरतकुमार थापाले बताए । विकासलाई रोजगारमुखी बनाउनु अपरिहार्य रहेको भन्दै विकाससँगै रोजगारीको सिर्जना पनि गर्ने काममा वागमती नगरपालिका लागिपरेको उनले बताए ।

बगैँचाका कारण नगरले यहीँ उत्पादन हुने फलफूलका लागि अन्यत्र निर्भर हुन नपर्ने उनको भनाइ छ । नगरले वार्षिक करोडौंको फलफूल उत्पादन गर्ने गरी बगैँचा निर्माण गरिरहेको छ । यसरी कृषि, पशु, बजारलगायतको व्यवस्थापनमा समेत नगरले मुख्यरूपमा ध्यान दिइरहेको उपप्रमुख लीला मोक्तानले बताइन् ।

नगरको विकासका लागि नगरको रकम कुनै पनि हालतमा नगरमै रोक्नुपर्ने भएकाले पनि यो योजना अपरिहार्य रहेको जनप्रतिनिधिको भनाइ छ । आजलाई भन्दा पनि भविष्यलाई हेरेर नगरपालिकाले योजना तयार गर्ने गरेको नगरका योजना विभाग प्रमुख सुजन बडालले बताए ।

बगैँचामा तराईको ठाउँमा हुने आँप, लिची, कटहरलगायतका फलफूलका बिरुवा लगाइएको छ । बगैँचाको रेखदेख तथा गोडमेलका लागि स्थानीयस्तरमा रोजगारी पनि सिर्जना भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । बगैँचा निर्माणले नगरको पर्यावरणसमेत सन्तुलित रहने नगरको जिकिर छ ।

एकातर्फ वातावरण संरक्षण र अर्कोतर्फ आम्दनीको राम्रो स्रोत नगर बगैँचा बन्ने नगरपालिकाले जनाएको छ । नगर बगैँचामा फलफूलका बिरुवाहरु रोप्ने काम भइरहेको र ती बिरुवाको व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय