Nepali Unicode | Preeti to Unicode

जाजरकोट, २८ भाद्र । विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गइरहेको बेलामा जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन्। प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खबर हो।

नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहको सक्रियतामा गिद्धको वासस्थान रहेका स्थानमा एक महिना लगाएर गरिएको खोज तथा अध्ययनबाट ४० गुँड फेला परेका हुन्। उपयुक्त बासस्थान र हावापानीका कारण प्रकृतिको कुचीकारको रुपमा चिनिने गिद्धले जाजरकोटमा गुँड लगाउने गरेको छ।

जिल्लाका भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिका र वारेकोट गाउँपालिकामा गरिएको खोजमुलक गणनाबाट सुन गिद्धको एउटा गुँड, सेतो गिद्धका तीन गुँड, हिमाली गिद्धका ३३ गुँड र हाडफोर गिद्धका तीन गुँड गरी ४० गुँड फेला परेको खोजकर्ता सिंहले जानकारी दिए। उनका अनुसार जिल्लाभर विश्वमै दुर्लभ सुन गिद्धको संख्या ४ र सेतो गिद्धको संख्या ६ रहेको छ।

त्यस्तै हिमाली गिद्ध ७६, हाडफोर ८ र राजगिद्धको संख्या २ गरी जम्मा ९६ गिद्ध रहेका छन्। जाजरकोटमा यी ५ प्रकारका विस्वकै दुर्लभ गिद्धहरु पाइनुका साथै रेडपान्डा, चिरकालीज लगाएतका जन्तुहरु पनि पाइने गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय