२३ चैत्र । नेपाल पत्रकार महासंघ चितवनको चैत २५ गते हुने चुनावका लागि चितवनमा चुनावी सरगर्मी सुरू भएको छ । ४४ पदका लागि कुल ८८ पदमा उमेदवारी मनोनयन दर्ता भएको छ ।
चितवनमा लोकतान्त्रिक, प्रगतिशील, समावेशी एवं बुद्धिजीवी पत्रकारको प्यानलको पक्षमा जनमत बढेको छ । सो प्यानलको अध्यक्षमा नारायणप्रसाद अधिकारी, उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा अनिल अधिकारी, सहसचिवमा टीकादत्त तिमिल्सिना, समावेशी सहसचिवमा उर्गेन तामाङ र कोषाध्यक्षमा राजेन्द्र आचार्यले उमेदवारी दर्ता गरेका छन् ।
यसैगरी, लोकतान्त्रिक, प्रगतिशील प्यानलबाट सदस्यहरुमा विप्लव काफ्ले, सरिता पौडेल, तुलमान गुरूङ, विवेक पोखरेल, बबिलाल तामाङ, शोभा पुडासैनी, अनिल भट्टराई, एलिना पोखरेल, सरिता महतो शाह, रामु आचार्य, ज्ञानेन्द्र तामाङ, बसन्त शर्मा ढुंगानाले उमेदवारी दर्ता गरेका छन् ।
यसैगरी, प्रेस चौतारी नेपाल, मिडिया नेपाल र जनपत्रकार संगठनको तर्फबाट अध्यक्षमा तिलकराम रिमालको उमेदवारी परेको छ । उपाध्यक्षमा रमाकान्त पौडेल, महिला उपाध्यक्षमा शान्ता अधिकारी बी, सचिवमा दीपेन्द्र अधिकारी, समावेशी सहसचिवमा अमिर रामदाम, आनन्द पोखरेल र कोषाध्यक्षमा गोविन्द घिमिरेले उमेदवारी दर्ता गराएका छन् ।
सदस्यहरुमा रविना पौडेल, सरोज उपरकोटी, सञ्जय चौधरी, ज्योति महतो, किशोर खनाल, तिलक पौडेल, बद्रिप्रसाद अर्याल, मुकुन्द भूषाल, रोहिणीप्रसाद त्रिपाठी, विकास पौडेल, समीक्षा पुरी, सुनिलकुमार श्रेष्ठ, सुवास लामिछाने, हरि पौडेल र हेमराज रिमाल रहेका छन् ।
केन्द्रीय परिषद् सदस्यमा दुवै प्यानलका दीपक आचार्य, नारायणप्रसाद सापकोटा, विनोद त्रिपाठी, वीरेन्द्रमणि पौडेल, शान्ता अधिकारी, सुरेशचन्द्र अधिकारी, इन्दिरा दाहाल, शारदा पौडेल, शिवजी गायक, सन्तकुमार चौधरी र राजु चौधरीको उमेदवारी परेको छ ।
प्रदेश परिषद् सदस्यतर्फ पनि अर्जुन अधिकारी, अर्जुनप्रसाद शर्मा, आशिष अधिकारी, कृष्णप्रसाद खनाल, केशव भट्टराई, दीपक पोखरेल, नवराज ढकाल, नवीन नेपाल, नवीनबाबु मरहठ्ठा, प्रदीप घिमिरे, प्रविन बराल, मधुसूदन दवाडी, रमेश पौडेल, विचित्र पौडेल, सचिन भट्टराई र सन्तोष देवकोटाले उमेदवारी दर्ता गरेका छन् ।
