Nepali Unicode | Preeti to Unicode

२२ चैत । विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तर्राष्ट्रिय व्यावसायिक प्रोफेसनल किक बक्सिङ हिट-४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरे भिड्ने भएका छन्।
कम उमेरमा सो प्रतियोगिता खेल्ने उनी पहिलो बक्सर हुन्। जापानको नागोया शहरमा अवस्थित नागोया कङग्रेस हलमा आगामी वैशाख १२ गते सो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ। हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरलले यही चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि जितेका थिए। जापानको टोकियो शहरमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका थिए।
विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाएको थियो। सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडी समेत बनेका थिए।
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालकातर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उनी पहिलो ‘बक्सर’समेत भएका थिए ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर