Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२० चैत। विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फ खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्‍यो । आर्मीले मणिमुकुन्दलाई २५-१७,२५-१४, २५-२१ ले पराजित गरेको हो ।
नेपाल भलिबल संघ एनभीएको आयोजनामा बिहीबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो दिनमै पुरुषतर्फ अर्को दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफले पनि जित हात पारेका छन् ।
पुलिसले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० र एपीएफले बुलबुले रारा क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
यस्तै महिलातर्फ भएको उद्घाटन खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० ले सहजै पराजित गरेको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ सात र महिलातर्फ ६ टिम सहभागि छन् ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, बुलबुले रारा क्लब, नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द भलिबल क्लब छन् ।
महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र भरतपुर मेट्रो खेलकुद परिषद छन् ।
लिग च्याम्पियनसिपको महिला र पुरुष दुवैतर्फको विजेताले ३ लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय