Nepali Unicode | Preeti to Unicode

चैत १७ । चितवनको हवाई सेवा ५ दिन देखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवालोका कारण भरतपुर विमानस्थलको हवाई सेवा ५ दिनदेखि प्रभावित भएको हो । शुक्रबार बिहानदेखि देखिएको धुवाजस्तो देखिने तुवालोका कारण ५ दिनदेखि काठमाडौं तथा पोखरा हुने सम्पूर्ण हवाई सेवा बन्द भएको बुद्ध एयरको भरतपुर कार्यालयका प्रतिनिधि भक्त बहादुर बस्नेतले जानकारी दिए ।
तुवाँलोको कारण पाच दिनमा दर्जनौ भन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले मंगलबार पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।
काठमाडौँसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर