एलिसा कुवर
चैत १३ । बाल गायिका समिक्षा अधिकारी र गायक किरण भुजेलको स्वरमारहेको ‘माया गरौंला–२, ब्रेकअप गरौंला’ सार्वजनिक गरिएको छ । गीतमा कृष्ण भारद्धाजको संगीत छ भन्ने तिलकप्रताप चन्दको शब्द रहेको छ । माया गरौंला’ ६ महिना अगाडि हिट भएपछि माया गरौंला–२ का निर्देशक सरोज वलीले निर्देशन गरेका छन् ।
भिडियोमा सागर र आँचल, पुष्प र वर्षाको जोडी देखिएको छ । सरोज वलीको निर्देशनमा तयार भएको यो भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, सागर लम्साल लगायतको अभिनय रहेको छ। उत्त गीत गजबको टि भि नामक युटुब बाट सार्वजनिक गरीएको छ ।
