
३० चैत । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् ।
यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् । तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन । बोर्डको विवरणअनुसार ‘सिवानी’ चलचित्रको पाँच टिकट मात्र बिक्री भएको छ ।
सो वापत चलचित्रको कमाइ रु पाँच सय २० भएको छ । ‘रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा रु तीन हजार पाँच सय ९६ ग्रस कमाइ भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएवापत रु चार हजार आठ सय ३२, ‘चोर र पुलिस’ चलचित्रको एक सय चार टिकट बिक्रीबाट रु १८ हजार सात सय २५ कमाइ भएको छ ।