Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

धादिङ, २७ भाद्र । आफैँले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले बलात्कार गरेको आरोपमा पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

गर्भवती भएकी बालिकालाई लिएरकूमाल धादिङ अस्पताल आएका थिए । गर्भपतन गराउनआएको जानकारी पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकालाई पटक पटक घरमा बोलाएरर ललाइ फकाइ बलात्कार गर्ने गरेको र पछिल्लो पटक भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

बालिकालाई महिला सुरक्षा घर सेफ हाउस मा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको खबर आजको समाचार पत्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय