Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१० चैत । स्पेनिस क्लब बार्सिलोनाले २०२१ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ ।
सन् २०२०–२१ को सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले नयाँ वर्ष शुरु भएपछि ला लिगामा स्थिर प्रदर्शन जारी राखेको छ । क्याटलान क्लबले ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ र उपाधि होडमा पनि आफूलाई अगाडि ल्याएको छ ।
बार्सिलोनाले सन् २०२१ मा ला लिगामा १३ खेल खेल्दा अपराजित यात्रा कायम राख्दै १२ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । बार्सिलोनाले सम्भव भएको ३९ मध्ये ३७ अंक जोडेको छ ।
नयाँ वर्ष शुरु भएपछि बार्सिलोना ला लिगामा अपराजित रहेको छ । फेब्रुअरी २१ मा भएको काडिज विरुद्धको खेल मात्र बार्सिलोनाले जित्न सकेन ।
आइतबार रियल सोसिडाड विरुद्ध ६–१ को सहज जित हात पार्दै बार्सिलोनाले आफू स्पेनको उत्कृष्ट भएको प्रमाणित गरेको छ । यस्तै पछिल्ला खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० ले, अलाभेजलाई ५–० ले र हुएस्कालाई ४–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय