८ चैत ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुन नखोजेको तर टाउकोमा जिम्मेवारी आए नभाग्ने बताएका छन् । हिजो चितवनको रत्ननगरमा आयोजित युवा तरुण जागरण अभियान कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री हुने रहर नभएको तर जिम्मेवारी लिनुपर्ने अवस्था आए पछि नपर्ने प्रष्ट पारेका हुन् ।
उनले आहिले प्रधानमन्त्री भन्दापनि पार्टी बनाउनतर्फ लाग्नुपर्ने बताए । निर्वाचन जहिले पनि हुनसक्ने भन्दै देउवाले सबै नेता कार्यकर्ता तयारी अवस्थामा रहन निर्देशन समेत दिए । भाषण गरेर भोट नआउने भन्दै देउवाले जनताको घर घरमा पुग्नपर्ने र जनताको सुख दुःखमा साथ दिनुपर्ने बताएका छन् । उनले पार्टीभित्र सबै एकजुट भएर लाग्नुपर्नेमासमेत जोड दिए ।
