Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

८ चैत। खेलाडीको दुर्घटना बीमाका लागि एन्फाले मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । यसअघि प्रभु इन्स्युरेन्ससँग सम्झौता गरेपनि भुक्तानी ढिला हुने भएकोले सीधै अस्पतालसँग सम्झौता गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । यस विषयमा प्रभु इन्स्युरेन्ससँग पनि कुरा भइसकेको उनले बताए ।
दुर्घटना बीमा सम्झौतामा एन्फा स्वास्थ्य समितिका प्रमुख निरोज खड्गी र मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । राष्ट्रिय खेलाडी र ए डिभिजन खेल्ने खेलाडीको ५ लाखसम्मको बीमा हुने सम्झौतामा उल्लेख छ ।
यस्तै बी र सी डिभिजन खेल्ने खेलाडीको लागि ३ लाख रुपैयाँको बीमा गरिएको छ । अन्य खेल कर्मचारीहरुका लागि १ लाख ५० हजारको बीमा हुनेछ । त्यसका लागि सबैले १ हजार पाँच सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने एन्फाले जनाएको छ ।
यसैबीच, एन्फाको आयोजनामा यही चैत १० देखि १६ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान सहभागी हुँदैछन् ।
नेपालले पहिलो खेल चैत १२ गते किर्गिस्तानसँग खेल्नेछ भने चैत १० गते हुने उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय