Nepali Unicode | Preeti to Unicode

८ चैत्र ।हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।
आज बिहान हात्तीले आक्रमण गर्दा चितवन भरतपुर महानगरपालिका १३ बस्ने ५० वर्षीय तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। उनी भाइको घरमा पाहुना गएकी थिइन्।
त्यस्तै हात्तीले भरतपुर महानगरपालिका १३ गंगानगर स्थित जङ्गलको छेउको बस्तीमा ३ वटा कच्ची घर समेत भत्काएको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर