Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

कैलाली, २६ भदौ । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी सामुदायिक वनमा बिहीबार घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको स्थापना गरिएको छ ।

नगरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले संयुक्तरूपमा उदघाटन गरे ।

उपमहानगरपालिका र डिभिजन वन कार्यालय धनगढीको सहयोगमा उक्त आरक्षण केन्द्रको स्थापना गरिएको बताइएको छ । नगरप्रमुख वडले शिवपुरी धाममा पर्यटक भित्र्याउनका लागि त्यस नजिकै ‘मिनी जु’ स्थापना गरिएको बताए ।

“घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रमा अहिले एउटा रतुवा र एउटा चित्तललाई राखिएको छ”, उनले भने, “यहाँ जनावरको सङ्ख्या थप गर्दै लगिने छ ।” आरक्षण केन्द्रमा घाइते तथा टुहुरा वन्यजन्तुको उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने तथा वन्यजन्तु हेर्न आउनेका लागि यो ठाउँ खुला गरिने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय