Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

कैलाली, २६ भदौ । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी सामुदायिक वनमा बिहीबार घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको स्थापना गरिएको छ ।

नगरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले संयुक्तरूपमा उदघाटन गरे ।

उपमहानगरपालिका र डिभिजन वन कार्यालय धनगढीको सहयोगमा उक्त आरक्षण केन्द्रको स्थापना गरिएको बताइएको छ । नगरप्रमुख वडले शिवपुरी धाममा पर्यटक भित्र्याउनका लागि त्यस नजिकै ‘मिनी जु’ स्थापना गरिएको बताए ।

“घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रमा अहिले एउटा रतुवा र एउटा चित्तललाई राखिएको छ”, उनले भने, “यहाँ जनावरको सङ्ख्या थप गर्दै लगिने छ ।” आरक्षण केन्द्रमा घाइते तथा टुहुरा वन्यजन्तुको उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने तथा वन्यजन्तु हेर्न आउनेका लागि यो ठाउँ खुला गरिने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय