Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पतिले पत्नीको टुथपेस्टमा विषालु पदार्थ हालिदिएका छन् । यो घटना टेनिसको कोलिविर्लीमा बस्ने स्टेसी वार्टमैनको हो । उनले दैनिक जस्तै बिहान उठेर ब्रश गरिन् । तर ब्रश गरीसकेपछि स्टेसीलाई अजीबको समस्या हुन थाल्यो । स्टेसीको मुखमा भयंकर पोल्न थाल्यो र टाउकोमा दुखाई पनि बढ्दै गयो । उनको मात्र नभएर उनकी छोरीको पनि स्वास्थ्य पनि बिग्रियो ।

दुवैजना आमा छोरी नै गम्भीर अवस्थामा अस्पतालमा भर्ना भए । उनीहरुको त्यस्तो हालत देखेर डाक्टरले तुरुन्त उपचार सुरु गरे । डाक्टरले जाँच गरेपछि पेस्टमा विष मिसाइएको पत्ता लाग्यो, जसको कारण उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

स्टेसीलाई त्यसरी पेस्टमा विष मिसाउने अरु कोही नभएर उनकै श्रीमान फ्रेड थिए । त्यो कामको लागि फ्रेडले अन्य सहयोगीको सहायता लिएका थिए । स्टेसी र फ्रेडले २००० मा विवाह गरेका थिए, यी दुवैको ३ सन्तान पनि छन् ।

केहि वर्ष अघि नै आफुलाई धोका दिएको आरोप लगाउदै स्टेसीले पतिसँग सम्बन्ध बिच्छेद गरेकी थिइन् । तर अलग भइसकेपछि पनि स्टेसी पतिलाई भेट्न गइरहन्थिन् । फ्रेन्डले स्टेसीलाई मार्नको लागि ३ पटकसम्म प्रयास गरेका थिए, र उनका सबै प्रयास असफल भए । हाल भने फ्रेड ३० वर्षको सजाय काट्दै छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय