Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

भारतको वाराणसीमा एक दर्दनाक घटना बाहिर आएको छ । बीएचयुस्थित अस्पतालमा एक कुकुरले नवजात बच्चाको टाउको बोकेर घुमेको देखियो । कुकुरले आफ्नो मुखले बच्चाको टाउको दबाएर राखेको थियो र अस्पताल घुम्दै थियो । कालो रंगको कुुकुरले बच्चाको टाउको बोकेर हिडेको देखेर आश्चर्य मान्दै हेर्न थाले ।

कुकुरले बच्चाको टाउको बोकेको हेर्न मानिसहरुको भिड लाग्यो । यस्तो भयंकर दृष्य देखेर पुरै अस्पतालमा हंगामा मच्चियो । कर्मचारी समयमै पुगेर टाउको छोडाउन प्रयास गर्यो । अस्पतालको कर्मचारी र अस्पतालमा आएका मानिसहरु जम्मा भएर कुकुरलाई घेरेपछि बच्चाको टाउको छाडेर कुकुर भाग्यो । जानकारी पाए लगत्तै प्रहरी पुग्यो ।

प्रहरीले बच्चाको टाउको लिएर खोजी र अनुसन्धान गर्न सुरु गर्यो । प्रहरीले अस्पतालमा बच्चाको शरीर खोज्ने प्रयास गर्दा पनि भेटाउन सकेन । अस्पतलामा आएका सबै मानिसहरुलाई जाँच गर्दापनि प्रहरीलाई सफलता भने प्राप्त भएन् । हालसम्म बच्चाको माता पिता र शरीर भेट्टाउन सकेको छैन । प्रहरीले खोजी कार्य जारी राखेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय