Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

भारतको वाराणसीमा एक दर्दनाक घटना बाहिर आएको छ । बीएचयुस्थित अस्पतालमा एक कुकुरले नवजात बच्चाको टाउको बोकेर घुमेको देखियो । कुकुरले आफ्नो मुखले बच्चाको टाउको दबाएर राखेको थियो र अस्पताल घुम्दै थियो । कालो रंगको कुुकुरले बच्चाको टाउको बोकेर हिडेको देखेर आश्चर्य मान्दै हेर्न थाले ।

कुकुरले बच्चाको टाउको बोकेको हेर्न मानिसहरुको भिड लाग्यो । यस्तो भयंकर दृष्य देखेर पुरै अस्पतालमा हंगामा मच्चियो । कर्मचारी समयमै पुगेर टाउको छोडाउन प्रयास गर्यो । अस्पतालको कर्मचारी र अस्पतालमा आएका मानिसहरु जम्मा भएर कुकुरलाई घेरेपछि बच्चाको टाउको छाडेर कुकुर भाग्यो । जानकारी पाए लगत्तै प्रहरी पुग्यो ।

प्रहरीले बच्चाको टाउको लिएर खोजी र अनुसन्धान गर्न सुरु गर्यो । प्रहरीले अस्पतालमा बच्चाको शरीर खोज्ने प्रयास गर्दा पनि भेटाउन सकेन । अस्पतलामा आएका सबै मानिसहरुलाई जाँच गर्दापनि प्रहरीलाई सफलता भने प्राप्त भएन् । हालसम्म बच्चाको माता पिता र शरीर भेट्टाउन सकेको छैन । प्रहरीले खोजी कार्य जारी राखेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय