Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत ४ । भारतविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले ८ विकेटले विजयी भएको छ ।
जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २(१ को अग्रता बनाएको छ ।
भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८-२२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।
इंग्ल्यान्डको जितमा जोस बट्लरले सर्वाधिक ८३ रन बनाए । उनले ५२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ८३ रन बनाए ।
यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित ४० रन बनाए । डाविड मालन १८ र जासन रोय ९ रन बनाएर आउट भए ।
भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै सर्वाधिक ७७ रन बनाए । उनले ४६ बल खेल्दै८ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै ऋषव पन्तले २५, हार्दिक पाण्ड्याले १७ र रोहित शर्माले १५ रन बनाए ।
इंग्ल्यान्डका मार्क उडले ३ र क्रिस जोर्डनले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय