Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

वीरगञ्ज, भदौ २५। करीब ६ महीना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट आजित बारा पर्सा औद्योगिक कोरिडोरका उद्यमीले उद्योग सञ्चालनको वैकल्पिक उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन् ।

कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसँगै सतर्कता मापदण्डको पालनामा प्रशासनले कडाइ गरेपछि निजीक्षेत्रले विकल्प खोज्न आग्रह गरेको हो ।

कोरिडोरका उद्योगमा कोरोना संक्रमित भेटिएपछि प्रशासनले उद्योगमै क्वारेन्टाइन बनाएर उद्योग चलाउन भनेको छ । उद्योग हातामा सम्भव नभए समुदायमा क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्ने प्रशासनको निर्देशन छ ।

प्रत्येक उद्योगमा क्वारेन्टाइन बनाउन सम्भव नहुने भन्दै उद्यमीहरूले औद्योगिक कोरिडोरका लागि सामूहिक क्वारेन्टाइन र आइसोलेशनको विकल्प सुझाएका छन् । सरकार र निजीक्षेत्रको सहकार्यमा वीरगञ्ज क्षेत्रमा कम्तीमा १ हजार बेडको क्वारेन्टाइन र २०० बेडको आइसोलेशन बनाउनुपर्ने वीरगञ्ज उद्योेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता बताउँछन् ।

छिमेकी देश भारत र जिल्ला बाहिरबाट आउने कामदारलाई निश्चित समयसम्म औद्योगिक क्वारेन्टाइनमा राखेर काममा लगाउँदा जोखिम न्यूनीकरण र उद्योग सञ्चालन दुवै सहज हुने गुप्ताको भनाइ छ । ‘अहिले अधिकांश उद्योग न्यून क्षमतामा चलेका छन् । पूर्ण क्षमता चलाउन कामदार ल्याउनुपर्ने हुन्छ ।

त्यसका लागि औद्योगिक क्वारेन्टाइन र आइसोलेशन सहज उपाय हो,’ नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताले भने ।

उद्योगका कामदारमा संक्रमण भेटिए औद्योगिक आइसोलेशनमा उपचार गर्न सकिने उद्यमीले बताएका छन् । सामूहिक क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था मिलाएपछि उद्योगैपिच्छे यस्ता संरचना आवश्यक नपर्ने उनीहरू बताउँछन् । कामदार राख्न क्वारेन्टाइन र संक्रमण देखिएमा आइसोलेशनको व्यवस्थापन उद्योगले गर्नुपर्ने मापदण्ड बनाएको छ ।

प्रत्येक उद्योगमा एउटा एम्बुलेन्ससमेत हुनुपर्ने उल्लेख छ । कोरिडोरका लागि दुईओटा एम्बुलेन्स पर्याप्त हुने उद्योगीको दाबी छ । बारा र पर्साको समुदायमा कोरोनाको संक्रमण फैलिनुमा उद्योग मुख्य स्रोत भएको बुझाइ पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको छ । गत साउन महीनाको शुरुआतमा केही उद्योगका कामदारमा संक्रमण देखिएको थियो ।

जटिल लक्षणसहितको संक्रमणबाट बिरामीको ज्यानै जान थालेपछि साउन १० बाट लगाइएको निषेधाज्ञा लम्ब्याउँदै आजसम्म पु¥याइएको छ । अहिले एक दर्जनभन्दा बढी उद्योगका सयौं कामदारमा संक्रमण पुष्टि भइसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय