Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२८ फागुन । नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानले भारतको जयपुरमा हुने राजस्थान बास्केटबल लिग आरबीएल खेल्ने भएका छन् ।
यही मार्च १४ देखि २१ सम्म हुने लिगका लागि सदिश शुक्रबार नै भारत प्रस्थान गरेका छन् । प्रतियोगिताको फाइनल मार्च २१ मा हुनेछ ।
मार्च १४ सम्म खेलाडीहरुको ट्राई आउट हुने र त्यसपछि ड्राफ्टमा समावेश गरिने सदिशले बताए ।
आफ्नो नाम भने सिधै ड्राफ्टमा समावेश रहेको सदिशले अनलाइनखबरलाई बताए । ‘मेरो नाम ड्राफ्टमा समावेश भइसकेको छ । तर कुन टिममा समावेश हुने भन्ने आयोजकलाई भेटेपछि थाहा हुनेछ ।’ प्रधानले भने ।
राजस्थान बास्केटबल लिगको यो दोस्रो संस्करण हो । उनी पहिलो पटक भारतमा खेल्न गएका हुन् । नेपाली बास्केटबलका लागि यो राम्रो अवसर हुने सदिशको विश्वास छ । सदिशले यसअघि बंगलादेशमा पनि खेलेका थिए ।
सदिशकै कप्तानीमा नेपालले गत वर्ष नेपालमै भएको १३औं सागमा कास्य जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय