
फागुन २७। फिल्मको पाश्र्व गायनमा भिजेका गायक केतन क्षेत्रीको स्वर रहेको नयाँ गीत ‘छाडी गयौ’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा नारायण रसाइलीको शब्द तथा सुभाष भूषालको संगीत छ ।
पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतको भिडियोमा वियोगान्त प्रेमकथा देखाउन खोजिएको छ । भिडियोमा रञ्जित पौडेल र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।