Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२७ फागुन। लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा १४ अंकको अग्रता कायम गरेको छ ।
बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई ५(२ ले पराजित गर्दै सिटीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि अंङ्कदूरी पराकिलो बनाएको हो ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र रियाद महरेजले दुई(दुई गोल गरे । यस्तै इल्के गुन्डोगानले एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा जेम्स वार्डले साउथह्याम्पटनका लागि पेनाल्टीमा बराबरीमा गोल गरे ।
४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा गुन्डोगानले गोल गरेपछि सिटीले ३ १ को अग्रता बनायो ।
५५ औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ४-१ को अग्रता बनायो । त्यसको एक मिनेटपछि साउथह्याम्पटनका एडम्सले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए।
५९औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ५-२ अग्रता बनाउँदै सहज जित हात पारेको थियो ।
जितपछि सिटी २९ खेलबाट ६८ अंक जोडेको छ । एक खेल कम खेलेको युनाइटेड ५४ अंकसहित दोस्रो स्थानमा ।
२८ खेलबाट ३३ अंक रहेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय