Nepali Unicode | Preeti to Unicode

२६ फागुन । काठमाडौं मेयर कप अन्तर्गत आज जारी खेलमा काठमाडौं मेयर ११ लाई नेपाल पुलिसले १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७।४ ओभरमा अलआउट हुँदै १९७ रन बनाएको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाउँदा कुशल भुर्तेलले ३४ रन बनाए। त्यस्तै पवन सर्राफले २८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए। बलिङतर्फ सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर शाहले समान ३र३ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए।
काठमाडौं मेयर ११ केही बेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय