Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

फागुन २६ । नायिका साम्राज्ञी राज्यलक्ष्ममी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । यो चलचित्रमा काम गर्दा साम्राज्ञी स्टार भैसकेकी थिइन् । पुष्प भने चलचित्र क्षेत्रमा जमिरहेका थिए । दुबैले चलचित्रमा एकसाथ काम गरेपछि उनीहरुविचको टिमअप भने बलियो बनेको छ ।
पुष्पसँग काम गर्न ‘मारुनी’ अघि साम्राज्ञीले आनाकानी गर्ने गरेको समेत चर्चा चलेको थियो । तर, अहिले भने पुष्प साम्राज्ञीको पहिलो रोजाइको नायक बनेका छन् । यी दुइले चलचित्र ‘तिम्रो मेरो साथ’मा पनि काम गरे । चलचित्रमा पुष्पलाई जोडी पाउँदा साम्राज्ञी उत्साहित छिन् ।
साम्राज्ञीको रोजाइमा पुष्प मात्र बनेका छैनन्, अहिलेको समयमा पुष्प नेपाली चलचित्रकै सर्वाधिक माग भएका नायक हुन् । कुनै समय चलचित्रको अफरको प्रतिक्षा गर्ने पुष्प, पछिल्लो समय चुजी बन्न थालेका छन् । उनलाई चलचित्रमा लिनका लागि पनि निर्माताका लागि उनको डेट हेर्नुपर्ने अवस्था आएको छ ।
पुष्पले अभिनय गरेको चलचित्र ‘कृष्ण लीला र मनसँग मन’ चैत्र २७ गते रिलिज हुँदैछ । पुष्पले चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेका छन् । उनले, अफर आएका केही चलचित्र छाडेका पनि छन् । पुष्प निर्देशक मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा पनि काम गर्ने तयारीमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय