Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

२६ फागुन । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३(२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।
पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २(१ ले पराजित गरेको थियो । दोस्रो लेग युभेन्ट्सले ३(२ ले जितेपछि समग्रमा नतिजा ४(४ को बराबरी भयो । तर पोर्टोले अवे मैदानमा धेरै गोल गरेका आधारमा क्वाटरफाइनलमा स्थान बनाएको हो ।
युभेन्टसको मैदानमा भएको खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।
५४औं मिनेटमा मेहेदी टेरेमी रातो कार्ड पाउँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटियो । त्यसैको फाइदा उठाउँदै ६३औं मिनेटमा चिएसाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । उक्त गोलपछि स्कोर समग्रमा ३-३ को अवस्थामा पुगेको थियो । निर्धित ९० मिनेटसम्म यही स्कोर कायम रहेपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो ।
जसमा दुवै टिमले समान एक गोल गरे । फाइदा भने पोर्टोलाई नै भयो ।
११५औं मिनेटमा पोर्टोका सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ११७औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । तर यो जित युभेन्टसलाई क्वाटरफाइनलमा पुर्‍याउन पर्याप्त भएन ।
क्रिस्टियानो रोनाल्डो सम्मलिति युभेन्ट्स लगातार दोस्रो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय