Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२६ फागुन । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३(२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।
पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २(१ ले पराजित गरेको थियो । दोस्रो लेग युभेन्ट्सले ३(२ ले जितेपछि समग्रमा नतिजा ४(४ को बराबरी भयो । तर पोर्टोले अवे मैदानमा धेरै गोल गरेका आधारमा क्वाटरफाइनलमा स्थान बनाएको हो ।
युभेन्टसको मैदानमा भएको खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।
५४औं मिनेटमा मेहेदी टेरेमी रातो कार्ड पाउँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटियो । त्यसैको फाइदा उठाउँदै ६३औं मिनेटमा चिएसाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । उक्त गोलपछि स्कोर समग्रमा ३-३ को अवस्थामा पुगेको थियो । निर्धित ९० मिनेटसम्म यही स्कोर कायम रहेपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो ।
जसमा दुवै टिमले समान एक गोल गरे । फाइदा भने पोर्टोलाई नै भयो ।
११५औं मिनेटमा पोर्टोका सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ११७औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । तर यो जित युभेन्टसलाई क्वाटरफाइनलमा पुर्‍याउन पर्याप्त भएन ।
क्रिस्टियानो रोनाल्डो सम्मलिति युभेन्ट्स लगातार दोस्रो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय