Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

२६ फागुन । गायक तथा संगीतकार भीम बिसीको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ।
गीतका शब्द लेखक तथा पत्रकार शिवराज योगीका हुन्। भीम बिसीकै संगीत रहेको गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र भीम बीसीले दिएका छन्।
प्रविन भट्टले निर्देशन गरेको भिडियो निर्माणको अन्तिम चरणमा रहेको गायक तथा संगीतकार बिसीले बताए। गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन भने गीत एरेन्ज विश्व अधिकारीले गरेका छन्। सरोज बुढाथोकीको ऋङगार र कुशुम श्रेष्ठको पहिरन रहेको गीतको भिडियोको सहायक निर्देशन सागरबाबु भट्टले गरेका छन्।
भीम बीसीको आफ्नै युटुब च्यानलबाट भीम बिसी अफिसियलबाट सार्वजनिक गर्ने तयारी गरिएको गीतमा विदेशमा रहेर स्वदेशमा रहेका आफन्तको सम्झनाको कथा समेटिएको छ।
पछिल्लो समय एकपछि अर्को हिट गीत दिँदै आएका भीम बीसीले यसअघि ‘झम्क्या बुलाकी’, ‘झुमा झुमा’, ‘एक कान दुई कान मैदान’, ‘निरमाया’, ‘पावरवाला चश्मा’, ‘टालाटुली बाटुली’लगायत दर्जन गीत लाखौँ स्रोता–दर्शकले हेरेका छन् भने कतिपय गीत करोड क्लबमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय