
फागुन २४ । प्रदेश नम्बर २ को सरकारले एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरेको छ । सोमबार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निवास मधेश भवनमा एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरिएको हो ।
सामुदायिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गर्नुभएको हो । साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भएमात्र प्रदेशको विकास सम्भव रहेको बताउनुभयो । साथै उहाँले प्रदेशभरिका सामुदायिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने तयारी रहेको बताउनुभयो ।
यसअघि प्रदेश सरकारले २०७५र०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेको थियो ।
प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउन ुबेटी पढाऊ, बेटी बचाऊु अभियानलाई अगाडि बढाएको मुख्यमन्त्री राउतको भनाइ छ ।
कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ ।