
२४ फागुन ।चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको छ ।। चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार यही भदौ १८गतेबाट चलचित्र प्रदर्शनमा आउने छ । अधिकांश छायाङ्कन सकिएको चलचित्र करोना भाइरसको कारण समयमा प्रदर्शन हुन सकेको थिएन ।
झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । यस अघिका ३वटा चलचित्र व्यावसायिक रूपमा सफल चलचित्र मानिएका थिए । पहिलो चलचित्रमा नायिकाको भूमिकामा देखिएकी झरनाले बाकी चलचित्रमा निर्देशन गरेकी हुन् ।