Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२४ फागुन । काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर ११ माथि जित निकालेको छ। प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको आर्मीले आजको खेलमा काठमाडौं ११ लाई ५ विकेटले हराउँदै जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं ११ ले ४२-१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २३-५ ओभरमा लक्ष्य पुरा गर्‍यो।
सुरुवाती ब्याटिङ गरेको काठमाडौं ११ का लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाउँदा सन्दीप रजालीले ३७ रन जोडे। त्यस्तै खड्क बोहोराले १९, हरिशंकर साहले १८ र सन्दीप लामिछानेले १३ रन जोडे। काठमाडौंलाई सस्तैमा समेट्न आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट लिँदा जितेन्द्र मुखियाले ३ विकेट लिए। त्यस्तै सोमपाल कामी, विक्रम सोब र कुशल मल्लले १र१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ४२-१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।
आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ८० रन बनाउँदा कुशल मल्लले २३ रन बनाए। त्यस्तै भीम सार्कीले १६ रन बनाउँदा कप्तान बिनोद भण्डारी २० रनमा अभिजित रहे।
बलिङतर्फ सन्दीप लामिछाने र बिपिन खत्रीले समान २र२ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए।
जारी प्रतियोगितामा दुई खेल खेलेको आर्मीको यो पहिलो जित हो। त्यस्तै पहिलो खेलमा वाग्मतीलाई हराएको काठमाडौं मेयर ११ को यो पहिलो हार हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय