
२४ फागुन । महिनावारीको समयमा लगाउने प्याडमा समेत सरकारले कर लगाएको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संरक्षक समूह नेपालको ब्यानरमा सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
‘ल्याऔं कमी भ्याटमा, ट्याक्स नलगाउ प्याडमा’, ‘महिनाको महिनावारी, प्याडको लागि सरकार जिम्मेवारी’ लगायत नारा लेखिएका प्लेकार्डसहित किशोरीहरुले प्रदर्शन गरे ।
उनीहरुले सडक नाटकसमेत प्रदर्शन गरेर प्याडमा कर हटाउन सरकारको ध्यानाकर्षण गराए ।