Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

फागुन २४ । उमेरले १२ वर्ष मात्र पुगेकी छिन्,अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरी राजविराज नगरपालिका(६ की उनी भारोत्तोलन खेलको अभ्यासमा छ महिनादेखि निरन्तर अभ्यासरत छिन् ।

राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र भविष्यमा सेना बन्ने सपना बुनेकी उनले बिहान ८ बजेदेखि ११ बजेसम्म फलामको गह्रौं भारी उचाल्ने कठोर अभ्यास गर्छिन् । उनको पदक प्राप्त गर्ने परीक्षा नजिकिएको छ । कोभिड(१९ को महामारीपछि पहिलो पटक राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगिता राजविराजमा हुँदै छ ।
यही फागुन २९ र आउँदो चैत १ गते आयोजना हुने ‘देवसुन्दर यादव स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन’ प्रतियोगितामा ४० किलो तौल समूहमा उनी प्रतिस्पर्धा गर्दैछिन् । भारोत्तोलन प्रशिक्षक पुन्तीलाल यादवका अनुसार सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाउने अम्बिकाले पदक प्राप्त गर्ने निश्चित छ । हजुरबुबा दुर्गानन्द यादवको प्रेरणाले खेल क्षेत्रमा होमिएकी उनको एउटै लक्ष्य छ सेना बनेर सेवा गर्ने ।
खेल क्षेत्रमा राम्रो गरे सेनामा सहज प्रवेश पाउने विश्वास बोकेकी उनी भन्छिन्, ुदेशको सेवासँगै सेनामा प्रवेश पाए आफ्नो खेल क्षमता पनि विकास हुनेछु, आफ्नो सपना र लक्ष्य भनिरहँदा उनका आँखाभरि रहर र सपना भाव प्रष्ट झल्किन्थ्यो ।
भारोत्तोलनमा भविष्य सपार्ने सपना बुन्दै तीन वर्षदेखि कडा परिश्रम गरिरहेकी अर्की किशोरी हुन् विष्णुपुर गाउँपालिका(४ की १६ वर्षीया पूजाकुमारी मण्डल ।
कक्षा १० मा अध्ययनरत उनले प्रदेशस्तरमा स्वर्ण पदक प्राप्त गरी नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । यसपटक उनले राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्णपदकको आशा गर्दै ४९ किलो तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी छिन् ।
विष्णुपुर गाउँपालिका(१ खुरहुयिाकी १५ वर्षीया सरिता यादव सबैभन्दा जोशिली खेलाडी हुन् । एघार वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनले प्रदेश २ स्तरको प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेकी छिन् । उमेरले कलिलै भए पनि राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा दुईरदुई पटक सहभागिता जनाएर अनुभव बटुलेकी उनी पदकको आकाङ्क्षा राख्दै साइकलबाट छ किलोमिटरको दूरी तय गरी नियमित अभ्यासमा आउँछिन् ।
पाइलैपिच्छे विभिन्न चुनौती र अभावको सामना गर्दै अगाडि बढिरहेकी खेलाडी हुन विष्णुपुर गाउँपालिका(३ मुसहरनियाकी १८ वर्षीया काजल सदा । अभावग्रस्त दैनिकीका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै अगाडि बढेकी उनले प्रदेश २ स्तरमा स्वर्ण पदक र नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा कास्यपदक पाइन । यो सफलताले पाएको हौसलाका साथ अभ्यासमा तल्लिन उनले राजविराजमा हुन गइरहेको राष्ट्रियस्तरको प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने र पदक ल्याउने विश्वास व्यक्त गरिन् ।
उनलाई नै आफ्नो प्रेरणाको स्रोत बताउने त्यही गाउँकी १७ वर्षीया किरणकुमारी सदा पनि तीन महीनादेखि भारोत्तोलन खेलको अभ्यासमा छिन् । किरणले भन्छिन्, ुएकदिन मैले काजलले भारोत्तोलन उचालेको देखेर बडो रोमाञ्चक लाग्यो । पुरस्कृत भएर गाउँ आएपछि उनीसँग समाजको सकारात्मक व्यवहार देखेर मलाई पनि त्यसै गरी खेल्ने इच्छा जाग्यो ।
परिवारले भरपुर साथ दिएपछि विष्णुपुर गाउँपालिका ५ कट्टीकी १९ वर्षीया ज्योतिकुमारी मण्डल पनि दुई महीनादेखि अभ्यास गरिरहेकी छिन । उनका बुबाआमाले आफन्तका अगाडि उनलाई चिनाउँदा ‘मेरो छोरा हो यो’ भन्दै पिठ्यूँ थपथपाउँछन् ।
तीन दिदीबहिनीमा माइली ज्योतिले दाजुभाइ नभए पनि बुबाआमाबाट छोरासरहको भरोसा र व्यवहारले उनलाई अगाडि बढ्न प्रेरणा मिलेको छ । विद्युतीय मिस्त्री बुवा श्याम मण्डल र गृहणी आमा शोभादेवी मण्डलको छोरासरहको व्यवहारले उनको सिङ्गो दृष्टिकोण परिवर्तन गरिदिएको छ । भविष्यमा सेना बन्ने सपना साँचेकी उनले विद्यालयमा पढिरहेकै बेला एनसीसी तालीम पनि लिएको बताइन् । उनी भन्छिन् ुमलाई त्यो सैनिक पोसाकमा यति भाँती लगाव छ कि म छिट्टै नेपाली सेना बन्छु ।ु
चुनौतीका बाबजुद खेल क्षेत्रमा किशोरीको आकर्षण बढ्दै जानुमा राम्रो गर्नसके सेना, सशस्त्र र नेपाल प्रहरीमा प्रवेश पाउन सहज हुने उनीहरूको विश्वास छ । राजविराजमा रहेको जिल्ला खेलकुद विकास समिति परिसरमा नियमित तीन घण्टा अभ्यासमा जुट्ने गरेकी विष्णुपुर मुसहर्नियाकी १६ वर्षीया आरतीकुमारी रजक हुन की राजविराज खरसाल टोलकी १४ वर्षीया अञ्जलीकुमारी यादव हुन् । अधिकांशको सपना खेल क्षेत्रमा राम्रो गर्ने र नेपाली सेना बन्ने रहेको छ ।
परम्परागत सामाजिक मान्यताका कारण अनेक आलोचना झेल्नुपर्ने अवस्थाले अन्य क्षेत्र झैँ खेल क्षेत्रमा पनि महिलाको उपस्थिति कमजोर रहेको उनीहरूको बुझाइ छ । छोरासरह छोरीलाई पनि खेल क्षेत्रमा सहजरुपले हेर्ने वातावरण हुनुपर्ने ज्योतिको भनाइ छ ।
समान सहभागिता नै आजको विकासको अपरिहार्यता रहेको भन्दै समान सोँच र व्यवहारको आवश्यकता रहेको सरिताले बताइन । उनी भन्छिन्, हौसला, हिम्मत र देशका लागि सेवा गर्ने दृढता छ, त्यहीअनुसारको प्रोत्साहन गर्ने वातावरण आवश्यक छ ।
स्थानीय निकाय, सङ्घसंस्था र सम्बन्धित निकायले खेल क्षेत्रमा भविष्य खोजिरहेकी छोरीलाई प्रोत्साहन गर्नसके आकर्षण बढ्ने र गुणस्तर पनि बढ्ने खेलाडीको धारणा छ । भारोत्तोलनमा दुई महिलासहित १२ अन्तर्राष्ट्रिय खेलाडी जन्माउने जिल्लामा पछिल्लो समय किशोरीको सहभागिता बढाउन प्रयासरत प्रशिक्षक पुन्तीलाल यादव थप प्रोत्साहनको आवश्यकता रहेको बताउनुहुन्छ ।
चिनजानका अभिभावकलाई भनसुन गरेर प्रोत्साहित गर्दै प्रशिक्षण गर्ने गरेको जानकारी दिँदै यादव भन्नुहुन्छ, ुप्रोत्साहन पाएमा सप्तरीको शम्भुनाथकी देवी , कविता र शान्ति चौधरी झैँ सप्तरीका किशोरीले दक्षिण एशियाली खेलकुद ९साग०लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएर देशकै गरिमा बढाउने छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय