Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

फागुन २४ । नायिका वर्षा सिवाकोटीले केही साता अगाडि चलचित्र ‘कालिपुरुष’ साइन गरेकी थिइन् । सोही समयमा नै यो चलचित्रको नाम परिवर्तन हुने निर्माणपक्षले बताएको थियो । अब, चलचित्रको छायांकन सुरु हुनुभन्दा एक साता अगाडि यसको निर्माणपक्षले नाम परिवर्तन गरेको छ । चलचित्रको नाम अब ‘ए साथी सुन’ राखिएको छ ।
राम राघव आचार्यको निर्देशनमा तयार हुन लागेको चलचित्रमा वर्षाले रमेश बाँनियासँग रोमान्स गर्नेछिन् । धरानमा यो चलचित्रको छायांकन हुनेछ । सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ ।
विना कार्कीको लगानीमा यो चलचित्र बन्दैछ । चलचित्रको छायांकन सुरु हुनु भन्दा एक साता अगाडि वर्षा भने दुबई पुगेकी छिन् । दुबइमा आफ्नो व्यापारिक काम र घुमघामका लागि भन्दै उनी पुगेकी हुन् । रोचक कुरा त के छ भने, वर्षा दुबई उडेको भोलीपल्ट उनकी साथी नायिका पूजा शर्मा पनि चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकनका लागि दुबई उडेकी छिन् ।
वर्षाले एक साता दुबइमा समय बिताउने र नेपाल आएपछि छायांकन सुरु गर्ने बताएकी छिन् । चलचित्र ‘सुदुर’ छाडेकी वर्षा ‘ए साथी सुन’को कथावस्तु मनपरेपछि जोडिएको बताउँछिन् । यसअघि वर्षाले अभिनय गरेको चलचित्र ‘चालबाज’को नाम पनि छायांकनको क्रममै परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय