Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

फागुन २४ । भरतपुर महानगरीय चक्रपथको अन्तिम प्रारुप तयार भएको छ । प्रस्तावित चक्रपथको लम्बाइ ८८ दशमलव ६१५ किलोमिटर हुनेछ । दुई वर्षअघि शिलान्यास गरी काम अगाडि बढाइएको महानगरीय चक्रपथको विस्तृत परियोजना प्रतिवेदनको अन्तिम प्रारुपमा उक्त सडक निर्माणमा आठ अर्व रुपैयाँ खर्च लाग्ने उल्लेख छ ।
विस्तृत परियोजना प्रतिवेदन डीपीआर को अन्तिम प्रारुपबारे जानकारी दिन आइतबार महानगरमा आयोजना गरिएको कार्यक्रममा महानगरप्रमुख रेनु दाहालले चक्रपथ महानगरको गहना भएको बताइन । उनले भनिन्,महानगरको महत्वपूर्ण आयोजनामध्य चक्रपथ पनि एक हो,पटक पटकको छलफलपछि यसको लागत र लम्बाई निश्चित भएको छ । अब सठक ट्रयाक नभएका स्थानमा ट्रयाक खोल्ने र सडक भएका स्थानमा सीमा निर्धारण गरी काम अघि बढाइने छ ।
उनका अनुसार चक्रपथ निर्माणका लागि चालु आर्थिक वर्षमा सडक विभागले सात करोड र प्रदेश सरकारले २९ करोड रकम विनियोजन गरी काम अघि बढाएको छ । चक्रपथको काम यसअघि १३ किलोमिटर अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन ।
डीपीआर टोलीका प्मख सन्तोषकुमार गुप्ताले चक्रपथले महानगरका २९ वडामध्य २० वडा समेट्ने जानकारी दिए । चक्रपथको अधिकांस भाग नदी किनार,जंगल छेउ र रमणिय दृश्य पर्छ । प्राविधिकका अनुसार ३० मिटर चौडाई रहने उक्त सडक सुरुवातमा दुई लेन निर्माण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय