Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२४ फागुन । तेस्रो तथा निर्णायक खेल जित्दै घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी२० सिरिज जितेको छ ।
एन्टिगुवामा सोमबार भएको अन्तिम टी-२० खेलमा वेष्ट इन्डिजले श्रीलंकालाई ३ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो । वेष्ट इडिजको जितमा फाबियन एलनले अलराउण्ड प्रदर्शन गरे । उनले कसिलो बलिङ गर्दै १ विकेट लिए भने अविजित २१ रन बनाए ।
वेष्ट इन्डिजले श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
वेस्ट इन्डिजको जितमा ओपनर लेन्डल सिमोन्सले सर्वाधिक २६ रन बनाए । यस्तै निकोलस पुरणले २३, इभिन लेविसले २१ रन रन बनाए । फाबियन एलनले ६ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २१ रन बनाए । जासन होल्डर १४ रनमा अविजित रहे ।
बलिङमा श्रीलंकाका लक्सान शन्दकानले ३ विकेट लिए भने दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २(२ विकेट लिए

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
श्रीलंकाका लागि दिनेश चण्डीमालले अर्धशतक प्रहार गरे । ४६ रन हुँदा ४ विकेट गुमाए पनि दिनेश र अशेन बन्दाराले अविजित ८५ रनको साझेदारी गरे । दिनेश चण्डीमालले ४६ बल खेल्दै ३ चौक मद्दतमा अविजित ५४ रन बनाए ।
यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए ।
वेस्ट इन्डिजका फाबियने एलन,केभिन सिक्लेर,ओबेड म्याकक्वे र जासन होल्डरले एक(एक विकेट लिए । एलनले ४ ओभरमा १३ रन मात्र खर्चे ।
सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जितेको थियो भने दोस्रो खेलमा श्रीलंका ४३ रनले विजयी भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय