Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

२४ फागुन । तेस्रो तथा निर्णायक खेल जित्दै घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी२० सिरिज जितेको छ ।
एन्टिगुवामा सोमबार भएको अन्तिम टी-२० खेलमा वेष्ट इन्डिजले श्रीलंकालाई ३ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो । वेष्ट इडिजको जितमा फाबियन एलनले अलराउण्ड प्रदर्शन गरे । उनले कसिलो बलिङ गर्दै १ विकेट लिए भने अविजित २१ रन बनाए ।
वेष्ट इन्डिजले श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
वेस्ट इन्डिजको जितमा ओपनर लेन्डल सिमोन्सले सर्वाधिक २६ रन बनाए । यस्तै निकोलस पुरणले २३, इभिन लेविसले २१ रन रन बनाए । फाबियन एलनले ६ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २१ रन बनाए । जासन होल्डर १४ रनमा अविजित रहे ।
बलिङमा श्रीलंकाका लक्सान शन्दकानले ३ विकेट लिए भने दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २(२ विकेट लिए

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
श्रीलंकाका लागि दिनेश चण्डीमालले अर्धशतक प्रहार गरे । ४६ रन हुँदा ४ विकेट गुमाए पनि दिनेश र अशेन बन्दाराले अविजित ८५ रनको साझेदारी गरे । दिनेश चण्डीमालले ४६ बल खेल्दै ३ चौक मद्दतमा अविजित ५४ रन बनाए ।
यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए ।
वेस्ट इन्डिजका फाबियने एलन,केभिन सिक्लेर,ओबेड म्याकक्वे र जासन होल्डरले एक(एक विकेट लिए । एलनले ४ ओभरमा १३ रन मात्र खर्चे ।
सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जितेको थियो भने दोस्रो खेलमा श्रीलंका ४३ रनले विजयी भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय