Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

२३ फागुन । नेकपा ओली समूहमा खुलिदिन आग्रह गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सांसद शान्ति पाख्रिनको निवास पुगेका छन् ।
ओली समूहले शनिबार बोलाएको दलको बैठकमा पाख्रिन अनुपस्थित भएपछि मन्त्री गुरुङ सम्झाउन उनको निवास पुगेका हुन् । पाख्रिन ओली समूह निकटकै सांसद हुन् । तर, पछिल्लो समय यो समूहसँग पाख्रिन असन्तुष्ट रहेको स्रोतले जनाएको छ । पाख्रिनले भने व्यक्तिगत कामले दलको बैठकमा नगएको बताइन् ।
११५ सांसद आफ्नो समूहमा रहेको दावी गरेको ओली समूहको बैठकमा पाख्रिन अनुपस्थित भएपछि विहानै मन्त्री गुरुङ पेप्सीकोलास्थित निवास पुगेका थिए । ‘म खाना बनाउँदै थिएँ, मन्त्रीज्यू आइपुग्नु भयो । हामी एउटै जिल्लाको भएकाले आउजाउ त भइरहन्छ’, पाख्रिनले भनिन् ।
पाख्रिनले आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । ‘अहिले हाम्रो पार्टी विभाजन भइसकेको छैन । विभाजन भयो भने नै कता लाग्ने भन्ने हुन्छ’, उनले भनिन् ।
संसद् पुनर्स्थापना पछि नेकपाको दुवै समूहमा सांसदहरु तानातान चलिरहेको छ । दुवै समूहले बहुमतको पनि दावी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय