Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२३ फागुन । काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको हो।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ११ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक १४० रन बनाए। जारी प्रतियोगितामा यो पहिलो शतक हो। राष्ट्रिय स्तरको प्रतियोगितामा ऐरीको यो पहिलो शतक हो।
त्यस्तै पवन सर्राफले ३५ रन बनाउँदा सुनिल धमलाले ३३ रन बनाए। त्यस्तै अनिल साहले १८ रन बनाउँदा कुशल भुर्तेलले १० रन जोडे।
बलिङतर्फ शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिँदा अभिनास बोहोराले २ र अमर रौटेला १ विकेट लिए।
एपीएफ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
आजै मुलपानीमा जारी अर्को खेलमा वाग्मती प्रदेश र काठमाडौं मेयर ११ भिड्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय