Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२३ फागुन । काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको हो।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ११ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक १४० रन बनाए। जारी प्रतियोगितामा यो पहिलो शतक हो। राष्ट्रिय स्तरको प्रतियोगितामा ऐरीको यो पहिलो शतक हो।
त्यस्तै पवन सर्राफले ३५ रन बनाउँदा सुनिल धमलाले ३३ रन बनाए। त्यस्तै अनिल साहले १८ रन बनाउँदा कुशल भुर्तेलले १० रन जोडे।
बलिङतर्फ शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिँदा अभिनास बोहोराले २ र अमर रौटेला १ विकेट लिए।
एपीएफ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
आजै मुलपानीमा जारी अर्को खेलमा वाग्मती प्रदेश र काठमाडौं मेयर ११ भिड्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय