Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

फागुन २३ । यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी नायिका हुन्, मलिका महत्त । यो चलचित्र बक्स अफिसमा असफल हुँदा मलिकालाई पनि खासै फाइदा भएन । उनको अभिनयको भने प्रशंसा नै भएको थियो । यसपछि, मलिकाले चलचित्र ‘पानी फोटो’मा काम गरिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ ।
लकडाउनपछि मलिकाले अभिनय गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत चर्चामा रह्यो । यो गीतले छोटो समयमा दर्शकको माया मात्र पाएन, मलिकालाई पनि दर्शकले अत्याधिक मन पराए । यसपछि, उनले नै अभिनय गरेको अर्को गीत ‘टाढा भएपनि’ सार्वजनिक भयो । यो गीतले युटुमा सर्वाधिक चाडो १ करोड पटक हेरिएको गीतको रेकर्ड नै बनायो । यसपछि भने मलिकाको माग म्यूजिक भिडियोमा अत्याधिक बढेको छ ।
मलिकाले आफ्नो माग ह्वात्तै बढेपछि भिडियोमा अभिनय गरेको पारिश्रमिक पनि बढाएकी छिन् । उनले, हालै मात्र सार्वजनिक भएको ‘वर आउन माया’ बोलको गीतलाई १ लाख २० हजार पारिश्रमिक वुझेकी छिन् ।
म्यूजिक भिडियोमा सर्वाधिक महंगो पारिश्रमिक लिने मोडलमा नायक पल शाह पर्छन् । मलिकाले पनि अब उनको हारहारीकै पारिश्रमिक वुझेकी छिन् । मलिका र पललाई लिएर केन्द्र मोसन पिक्चर्सले नयाँ चलचित्र बनाउने तयारी पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय