Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२२ फागुन । चितवनमा लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ११ स्थित जखेडीमाई मन्दिर नजिकै प्रहरी बिट गणेशधामबाट खटिएको प्रहरी टोलीले चार किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर २ बेलटाँडीका २९ वर्षीय श्याम थापा क्षेत्री, सोही स्थानका ३२ वर्षीय टेकेन्द्र राजवंशी र इच्छाकामना गाँउपालिका ७ का भीमराज गुरुङ रहेका छन् । बिहीबार साँझ ६ बजे सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ प १९२ नम्बरको मोटरसाइकल र ना५४प ३६०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहीबारदेखि नै लागू हुनेगरी उनीहरुलाई चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय