Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई
Nepali Unicode | Preeti to Unicode

फागुन २२ । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु। सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहेका खड्का बीस बर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । उनी कान्तिपुर दैनिकसँग आवद्ध छन् ।
प्रेस संगठन नेपालका सह–इञ्चार्ज ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सहिद मदन केसीका भाइ तथा प्रदेश सांसद बिनोद केसीले पुरस्कार प्रदान गरेका थिए ।
वि।स २०७२ मा चलचित्र भिमदत्तको विशेष प्रदर्शनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले रु। ७५ हजार राशिको कोष स्थापना गरेको थियो । कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत भएका दाजु मदनको स्मृतिमा दुई वर्षअघि रु। २५ हजार सहयोग गरेका थिए ।

भेला तथा पुरस्कार बितरण समारोहमा केसीले थप रु। २५ हजार उपलब्ध गराएका थिए। अक्षय कोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिने प्रेस संगठन म्याग्दीका अध्यक्ष कमल खत्रीले बताए ।
सोही भेलाले खत्री संयोजक र लोकनाथ ९भुषाल० घायलश्री सहसंयोजक रहेका १७ सदस्यीय प्रेस संगठन नेपालको जिल्ला संगठन कमिटि गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै सह इञ्चार्ज शर्माले मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिए ।
उनले मोफसलमा पत्रकारिताको बिकासको सम्भावना भएको बताउँदै क्षमता बिकास, न्युनतम पारिश्रमिक ऐनको कार्यान्वयनमा संगठनले प्राथमिकता दिने बताए ।
संगठनका गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतमले पत्रकारितामा शुद्धीकरणको आवश्यकता औल्याउँदै पत्रकार महासंघको आगामी अधिवेशनमा अग्रगामी पत्रकार संगठनहरुबीच सहकार्यको आवश्यकता रहेको बताए ।
नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सचिव बालकृष्ण सुवेदी, गण्डकी प्रदेश सांसद केसीले म्याग्दीको बिकास, सुशासन, विपद् ब्यवस्थापन, सामाजिक, आर्थिक लगायत समग्र क्षेत्रमा पत्रकार तथा सञ्चारकर्मीहरुको महत्वपूर्ण योगदान भएको र त्यसको नेतृत्व प्रेस संगठनले गरेको बताए ।
प्रेस संगठनका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्ले, सह इञ्चार्ज त्रिभुवन पौडेल, श्रीराम सिग्देल, नेता नवराज सुवेदीले पत्रकारहरुको वृत्ति बिकास, स्थानीय सञ्चार माध्यमको प्रवर्द्धनमा समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने बताए ।
पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारहरूबीच एकता, सहकार्य र सद्भावको वातावरण सिर्जना गर्नुपर्ने बताए । पुरस्कृत पत्रकार खड्काले पत्रकारिता समाजको ऐन नभएर तस्बिर भएको मान्यता राख्नुपर्ने बताए ।
प्रेस संगठन नेपाल म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सन्दिप खत्रीको सञ्चालन र पदम बिश्वकर्माको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय सदस्य सन्तोष गौतमले पुरस्कार छनौट प्रक्रियाको बारेमा जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय