Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

मोरङको बेलबारी नगरपालिकाले छोरी–बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ । ५० जना छोरी–बुहारीलाई १ महिनासम्म कक्षा सञ्चालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा सञ्चालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको सङ्ख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भए पनि त्योभन्दा बढी सहभागी भएका छन् । गत वर्षसमेत नगरपालिकाले कक्षा सञ्चालन गरेको थियो । न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा सञ्चालन गरिएको हो ।

लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई यसले ठूलो सहयोग पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । लोकसेवाको तयारीका लागि महिलाहरूलाई उत्प्रेरित गर्ने यसको उद्येश्य भएको शाहको भनाइ छ । आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय