Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

मोरङको बेलबारी नगरपालिकाले छोरी–बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ । ५० जना छोरी–बुहारीलाई १ महिनासम्म कक्षा सञ्चालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा सञ्चालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको सङ्ख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भए पनि त्योभन्दा बढी सहभागी भएका छन् । गत वर्षसमेत नगरपालिकाले कक्षा सञ्चालन गरेको थियो । न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा सञ्चालन गरिएको हो ।

लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई यसले ठूलो सहयोग पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । लोकसेवाको तयारीका लागि महिलाहरूलाई उत्प्रेरित गर्ने यसको उद्येश्य भएको शाहको भनाइ छ । आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय