Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सहिदको सपना मर्न दिँदैनौ :विप्लव
Nepali Unicode | Preeti to Unicode

फागुन २१। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् । राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने बताएका हुन् । ‘हामीले जस्तोसुकै कठिनाइ भोग्नुपरे सहिदको सपना मर्न दिदैनौँ’ विप्लवको भनाइ छ ।
‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।
उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्व गण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय