Nepali Unicode | Preeti to Unicode

२१ फागुन । अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ। रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको हो।
ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ। सो क्षेत्रमा सुरक्षाकर्मी बढाइएको छ। स्थानीय र प्रहरी दुवै घाइते भएका छन्।
मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए। उनीहरुले हिजो नै मञ्च भत्काएका थिए।
झण्डै एक हजार बिगाह क्षेत्रफलमा बनाउन लागिएको औद्योगिक क्षेत्रमा झण्डै ३ सय घर परिवार प्रभावित हुने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर