Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२१ फागुन । स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ ।
विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३-२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो ।
विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।
खेलको १७औं मिनेटमा रोजरले गोल गर्दै घरेलु मैदानमा लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३०औं मिनेटमा राहुल गार्सियाले विल्वाओका लागि बराबरी गोल फर्काए ।
निर्धारित ९० मिनेटसम्मको खेल १-१ को बराबरी भएपछि समग्रमा खेल २-२ को अवस्थामा पुग्यो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा विल्वाओका लागि एलेक्स बेरेनगाउरले निर्णायक गोल गरे । उनले ११२औं मिनेटमा गोल गर्दै विल्वाओलाई जिताए ।
अब बार्सिलोना र विल्वाओबीचको फाइनल खेल १७ अप्रिलमा सेभियाको मैदानमा हुनेछ । त्यसअघि विल्वाओले गत सिजन स्थगित भएको कोपा डेल रेकै फाइनलमा रियल सोसिडाडसँग ४ अप्रिलमा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय