Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

२१ फागुन। हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका(३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान सम्झनाको शव उनको परिवारले बुझेको हो । फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि आफन्तले हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान रखेका थिए ।
बिहीबार प्रहरीले सम्झनाको हत्या आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेपछि माइती पक्षको सहमतिमा सम्झनाका ससुरा गणेशबहादुर खत्रीले शव बुझेको पाण्डेले बताए ।
प्रहरीका अनुसार नाताले ससुरा पर्ने लालबहादुर हत्यापछि घटना ढाकछोप गर्न पीडित परिवार र स्थानीयले गरेको आन्दोलनमा पनि सहभागी भएका थिए । उनले सम्झनाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । तर हत्या गर्नुको कारण भने खुलेको छैन ।
सम्झना बोहरा गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुरले नै गाउँमा शवको गन्ध आएको भनी स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरीले लालबहादुरलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत गुल्मीबाट अनुमति लिएको छ । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोराभित्र राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।
सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु ५२ वर्षकी तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय