Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

२० फागुन । त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन गरेका छन् ।
बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई समर्थन जनाएर फर्किएका हुन् । अध्यक्ष नेपालले त्यहाँ नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डरअनुसार नयाँ भर्ना सुरु गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकुलपति कार्यालयबाहिर रिले अनसन गरिरहेको छ ।
नेविसंघले कोरोना महामारीका कारण परीक्षामा र नतिजा प्रकाशमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक वर्ष १ वर्ष ढिला हुने सम्भावना रहेकाले तत्काल नतिजा दिनुपर्ने माग पनि राखेको छ ।
रिले अनसनस्थल पुगेर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले विश्वविद्यालयका विद्यार्थीको आवाज दबाउन पचायतकालदेखि अहिलेसम्म विभिन्न प्रपञ्च भइरहेको भन्दै त्यसविरुद्ध नेविसंघले आवाज उठाएको भन्दै सह्राहना गरेका नेविसंघ त्रिवि समितिका उपसभापति योगेन्द्र रावलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय