Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन २० । चर्चित बलिउड गायिका श्रेया घोषाल आमा बन्दैछिन्। श्रेयाले बिहिबार सामाजिक सञ्जालमा आफू छिट्टै अभिभावक बन्ने जानकारी सार्वजनिक गरेकी हुन्।
श्रेयाले इन्स्टाग्राम र ट्विटरमा गर्भावस्थाको फोटो सेयर गर्दै लेखेकी छन्, ‘श्रेयादित्या आउँदैछन्। आदित्य र म यो खबर सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं। हाम्रो जीवनको यो नयाँ यात्रामा तपाईंको माया र आशीर्वादको खाँचो छ।’
श्रेयाको पोस्टमा सेलिब्रेटी र उनका शुभचिन्तकहरूले चासो देखाउँदै बधाई दिएका छन्। सन् २०१५ फेब्रुअरीमा श्रेया र शिलादित्य मुखोपाध्यायको विवाह भएको थियो। विवाहको ६ वर्षपछि उनीहरू पहिलो पटक अभिभावक बन्ने भएका हुन्।
सन् २०२१ मै थुप्रै सेलिब्रेटीहरू अभिभावक बनेका छन्। शुरूमा अभिनेत्री अनुष्का शर्मा र विराट कोहली अभिभावक बनेको खबर सार्वजनिक भयो। अभिनेत्री करिना कपुर र सैफ अलि खानका पनि हालै दोस्रो सन्तान भएको छ। कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी छत्रतले पनि यसै वर्ष दोस्रो सन्तान जन्म दिए। उनीहरू बाहेक थुप्रै टेलिश्रृङ्खलाका कलाकारहरू पनि सन् २०२१ मा अभिभावक बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय