
२० फागुन ।भारतको उत्तर प्रदेशको आगरास्थित ताजमहलमा फोनमार्फत बम राखिएको कुरा खबर गरिएपछि ताजमहल खालि गरिएको छ ।
उक्त खबरपछि सीआईएसएफले ताजमहलबाट अचानाक पर्यटकलाई बाहिर निकालिदिएको छ ।
त्यसका कारण पर्यटक र सीआईएसएफका जवानहरुबीच झडप समेत भएको छ ।
ताजमहलको मुख्य ढोकामा पर्यटक उभिएका थिए ।
यद्यपि भित्र मक ड्रिल चलाउने कुरा भइरहेको थियो ।
ताजमहलको दुवै ढोका बन्द गरेर पर्यटकलाई बाहिर निकालिएको थियो ।
अहिले ताजमहल बाहिर प्रहरी र भित्र सीआईएसएफद्वारा सर्च अपरेशन चलिरहेको छ ।