Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२० फागुन। नेपाल भलिबल संघको आयोजनामा पाँचौं आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल चैत १९ देखि २६ गतेसम्म आयोजना हुने भएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्ने मिति सार्वजनिक गरेको हो । लिग काठमाडौंमा हुनेछ । लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष चैतदेखि कोरोना महामारीले गर्दा लकडाउन भएपछि लिग एक वर्ष पछि हुन लागेको हो ।
गत वर्ष माघमा भएको एनभीए क्लब भलिबल च्याम्पियनसीपबाट उत्कृष्ट ८ पुरुष टिम र उत्कृष्ट ६ महिला टिम छनोट भएको हो ।
लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरि कुल ४३ खेल हुनेछ । सिंगल लिगपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।
यस पटक खेलाडी र अफिसियलहरुको इन्सुरेन्स पनि गरिने संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए ।
प्रतियोगिताको विजेता महिला र पुरुषले ३ लाख हात पार्नेछन् । यस्तै उपवपजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५-२५ हजार पाउनेछन् भने उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
लिगको अनुमानित बजेट २८ लाख रहेको छ । लिगको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैँक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय